२०८२ कार्तिक २५ गते मङ्गलवार / Nov 11 , 2025 , Tuesday
२०८२ कार्तिक २५ गते मङ्गलवार
Ads

‘जिट्को खारेजीको प्रक्रियामा’

shivam cement
२०८२ कार्तिक २५ गते ०६:२०
Shares
‘जिट्को खारेजीको प्रक्रियामा’

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुन्छा दोर्जे दिम्दोङले जापानको जिट्को लाइसेन्सको प्रावधान नै खारेजीको प्रक्रियामा अघि बढेको बताएका छन् । 

संघले नेपाली प्राविधिक अभ्यासार्थी कामदार जापान पठाउने निर्देशिका २०६६ लाई खारेज गरी इजाजतपत्रवाला सम्पूर्ण व्यवसायीले दक्ष कामदार पठाउन पाउने वातावरण बनाउन माग गरिरहेको र श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका महाशाखा प्रमुख, वैदेशिक रोजगार विभागका महानिर्देशक, निर्देशक, मन्त्रालयका वैदेशिक शाखाका अधिकृतहरू र संघका प्रतिनिधिसहितको एक समिति गठन भई कार्य अगाडि बढेकाले व्यवसायीले केही समय धैर्य गर्न जरुरी रहेकोे सचिव दिम्दोङले बताए । 

जिट्को नवीकरणभन्दा सबै व्यवसायीहरूले काम गर्न पाउने गरी जिट्को प्रावधान नै खारेज गर्नु उपयुक्त हुने उनको भनाइ छ । विगतमा ४ सय ८२ म्यानपावर कम्पनी जिट्कोमा सूचीकरण भएको भएपनि जापानमा कामदार पठाउन नपाउने भएपछि धेरै म्यानपावर कम्पनीले जिट्को तर्फको लाइसेन्स नवीकरण गराउन छोड्दै आएका छन् ।

ADV

सम्बन्धित खबर