२०८२ कार्तिक २१ गते शुक्रवार / Nov 07 , 2025 , Friday
२०८२ कार्तिक २१ गते शुक्रवार
Ads

पीडितद्वारा एजेन्टको घर घेराउ

shivam cement
२०८२ कार्तिक २१ गते ०६:२०
Shares
पीडितद्वारा एजेन्टको घर घेराउ

काठमाडौं : वैदेशिक रोजगारका लागि लिथुवानिया, डेनमार्क र लक्जेमबर्गजस्ता देश पठाउने भन्दै करिब आधा दर्जन व्यक्तिको ३४ लाखभन्दा बढी ठगीमा संलग्न एक व्यक्तिको घर पीडितहरूले घेराउ गरेका छन् ।

सुनसरीका प्रशन्न पौडेलले मोरङ र सुनसरीका २० जनालाई युरोपेली मुलुक पठाइदिने भन्दै प्रतिव्यक्ति ८ लाखदेखि १० लाखका दरले रकम उठाएर ठगी गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए ।

ठगीमा संलग्न पौडेल चाडपर्वमा घर आएको चर्चा चलेपछि कतिपय पीडित राति साढे ३ बजे नै उनको घर घेराउ गर्न पुगेका थिए । हाल बेपत्ता भएका पौडेलले लक्जेम्बर्गको आकर्षक तलबको रोजगारीमा जाने भए तुरुन्तै पैसा चाहियो भनेर पटकपटक दबाब दिएर ठगी गरेको पीडितहरूले बताएका छन् ।

यसैबीच एक व्यक्तिलाई स्लोभाकिया पठाइदिने भन्दै ६ लाख ५० हजार ठगी गरेको उजुरीका आधारमा प्रहरीले सर्लाहीको बागमती नगरपालिका–४ की सावित्रा हुमागाईंलाई पनि पक्राउ गरेको छ । 

हुमागाईंलाई कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले बताएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बेरोजगार युवायुवतीलाई आकर्षक रोजगारीको प्रलोभनमा पारेर ठगी गर्ने प्रवृत्ति बढेको भन्दै सचेत हुन आग्रहसमेत गरेको छ ।

ADV

सम्बन्धित खबर