२०८२ कार्तिक २५ गते मङ्गलवार / Nov 11 , 2025 , Tuesday
२०८२ कार्तिक २५ गते मङ्गलवार
Ads

दानबहादुरको काँधमा प्रहरी कमान्ड

shivam cement
२०८२ कार्तिक २५ गते ०६:२५
Shares
दानबहादुरको काँधमा प्रहरी कमान्ड

काठमाडौं : नेपाल प्रहरीको ३३औं महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको ठाडो प्रस्तावमा कार्की कात्तिक २७ गतेदेखि लागू हुनेगरी महानिरीक्षक नियुक्त भएका हुन् । 

नेपाल प्रहरी नियमावली अनुसार ३० वर्षे सेवा अवधिका कारण वर्तमान आइजिपी चन्द्रकुवेर खापुङ कात्तिक २६ बाट अनिवार्य अवकाशमा जाँदै छन् ।  कार्कीसँगै आइजिपीको प्रतिस्पर्धामा राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह थिए । मेरिटका आधारमा कार्की महानिरीक्षक बन्ने पहिलो नम्बरका दाबेदार एआइजी हुन् । कार्की २०२९ साउन १५ मा गुल्मीमा जन्मिएका हुन् ।

उनी उपत्यका प्रहरी कार्यालयको प्रमुख हुन् । जेनजी आन्दोलनको बहानामा महानिरीक्षक नियुक्त नहुने भनी चर्चामा थिए । तर सरकारले पहिलो नम्बरको उनको वरीयता कायम राख्दै महानिरीक्षक नियुक्त गरेको हो । उनलाई गत जेनजी आन्दोलनमा खटिएका प्रहरीहरूलाई फिर्ता हुन आदेश दिएर संगठनलाई कमजोर बनाएको आरोप लागेको थियो । सोही आन्दोलनमा उनले सहकारी ठगी प्रकरणमा जेल बसेका रास्वपाका सभापति रवि लामिछानेलाई भगाउन भूमिका खेलेको प्रहरी संगठनकै अधिकारीहरूले आरोप लगाउने गरेका छन् ।   

कार्कीले प्रहरी सेवाका क्रममा लुम्बिनी प्रदेश, काठमाडौं उपत्यकासहित काठमाडौं, कास्की र कपिलवस्तु जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए । उनी उपत्यका प्रहरी प्रमुखको जिम्मेवारीमा जानुअघि प्रधान कार्यालयस्थित मानव स्रोत विकास विभागका प्रमुख थिए । जेनजी आन्दोलनकै क्रममा भदौ २४ गते उनलाई उपत्यका प्रहरी प्रमुख बनाइएको थियो ।  उनले २०८४ साल चैत १७ सम्म प्रहरीको नेतृत्व सम्हाल्नेछन् । उनी २०५४ साल चैत १८ गते प्रहरी इन्सपेक्टरका रूपमा भर्ना भएका थिए ।

ADV

सम्बन्धित खबर