२०८३ मंसिर ४ गते शुक्रवार / Nov 20 , 2026 , Friday
२०८३ मंसिर ४ गते शुक्रवार

आईएमएफको १०७ मिलियन डलर ऋण स्वीकार गर्नेसहित यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय 

भोटेकोशी बाढीपीडितलाई चीनको २ मिलियन डलर अनुदान

Nada
२०८३ मंसिर ४ गते १३:३६
Shares
आईएमएफको १०७ मिलियन डलर ऋण स्वीकार गर्नेसहित यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय 

काठमाडौं : सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि चीन सरकारले उपलब्ध गराउने २ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट र्‍यापिड क्रेडिट फ्यासिलिटीअन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन अमेरिकी डलर बराबरको निर्ब्याजी सहुलियतपूर्ण ऋण पनि सरकारले स्वीकार गर्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले यी निर्णयसहित विभिन्न सातवटा प्रस्ताव स्वीकृत गरेको सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले जानकारी दिए ।

बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा आगामी मङ्सिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमणलाई स्वीकृति दिँदै भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलसमेत गठन गरेको छ ।

त्यसैगरी, देशभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी विवरण तयार गर्न आवश्यक आदेश जारी गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद्ले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०२६–२०३०, ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्र्स २०८३ र राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ पनि स्वीकृत गरेको छ ।

बैठकका सात निर्णयमध्ये दुईवटा आर्थिक सहायता तथा ऋण स्वीकार गर्नेसम्बन्धी, एक भारत भ्रमणसम्बन्धी र अन्य तीनवटा नीति तथा जग्गा व्यवस्थापनसँग सम्बन्धित रहेका छन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर