२०८३ मंसिर ४ गते शुक्रवार / Nov 20 , 2026 , Friday
२०८३ मंसिर ४ गते शुक्रवार

जानकी मन्दिरसँग जोडिएका सबै संरचनाको पुनर्निर्माण हुन्छ : मन्त्री लम्साल

Nada
२०८३ मंसिर ४ गते ११:५९
Shares
जानकी मन्दिरसँग जोडिएका सबै संरचनाको पुनर्निर्माण हुन्छ : मन्त्री लम्साल

काठमाडौँ : पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनकपुरधामलाई सुन्दर र व्यवस्थित शहरका रूपमा विकास गर्न अभियान शुरु भइसकेको बताएका छन् । 

जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै उनले जानकी मातासँग सम्बन्धित सबै संरचनाको पुनर्निर्माण र व्यवस्थापन गरिने बताएका हुन् ।

 यसका लागि बजेटमा कुनै कन्जुसी नगरिएको उल्लेख गर्दै उनले जनकपुरधामको विकासका लागि पर्याप्त बजेट विनियोजन गरिएको दाबी गरे । उनले चालु आर्थिक वर्षको बजेटमा जनकपुरधामको सहरलाई सुन्दर र व्यवस्थित बनाउने योजनालाई प्राथमिकता दिइएको बताए । आगामी चैत–वैशाखसम्म जनकपुरधाममा उल्लेखनीय परिवर्तन देखिने उनको भनाइ छ । मन्त्री लम्सालले जनकपुरधामको विकासका लागि आवश्यक पूर्वाधारमा क्रमशः लगानी बढाउँदै लगिने पनि बताए । 

विवाहपञ्चमी महोत्सवलाई प्रवर्द्धन गर्न र उत्सवको रौनक बढाउन बजेट छुट्याउने विषयमा पनि छलफल भइरहेको उनले जानकारी दिए । पर्यटन बोर्डमार्फत आवश्यक बजेट व्यवस्थापन गर्न सकिने उल्लेख गर्दै उनले सम्बन्धित निकायलाई आवश्यक योजना र लागत विवरणसहित प्रस्ताव तयार पार्न आग्रह गरे । 

उनले भने, ‘समितिको खातामा आवश्यक बजेट उपलब्ध गराउने र पर्यटन बोर्डमार्फत पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरियो। आवश्यक कामको विवरण र बजेट योजना तयार गरी प्राविधिक टोलीसँग छलफल गर्ने सहमति भयो । 

जनकपुरधामलाई सुन्दर, व्यवस्थित र आकर्षक सहर बनाउने अभियान शुरु भइसकेको र चैत–वैशाखसम्म उल्लेखनीय परिवर्तन देखिने विश्वास व्यक्त गरियो । जानकी मातासँग सम्बन्धित सम्पदाहरूको पुनर्निर्माण तथा व्यवस्थापनलाई प्राथमिकता दिइने बताइयो । साथै, विवाह पञ्चमीलाई भव्य बनाउन संघीय सरकारबाट बजेट विनियोजन र प्रवर्द्धनका विषयमा पनि छलफल भइरहेको जानकारी दिइयो ।’

उनले प्राविधिकहरूसँग छलफल गरेर बजेट तथा कार्यक्रमको योजना बनाउन र विवाह पञ्चमीलाई भव्य रूपमा सम्पन्न गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए । 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर