२०८३ मंसिर ४ गते शुक्रवार / Nov 20 , 2026 , Friday
२०८३ मंसिर ४ गते शुक्रवार

राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

Nada
२०८३ मंसिर ४ गते १२:३६
Shares
राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टीको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शाहीले राप्रपामा नेतृत्व परिवर्तन र पुस्तान्तरण आवश्यक रहेको बताएका छन् । उनले पार्टीलाई समयअनुसार अघि बढाउन युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिए ।

राप्रपामा तीन पुस्ताको प्रतिनिधित्व रहेको उल्लेख गर्दै उनले सबै पुस्ताको साथ र सहयोगबाट मात्रै पार्टीलाई बलियो बनाउन सकिने धारणा राखे । समयमै पुस्तान्तरण हुन नसके पार्टीको राजनीतिक प्रभाव कमजोर हुन सक्ने उनको भनाइ छ । 

‘राप्रपामा पुस्तान्तरण हुन सकेन । हामीले नेतृत्व परिवर्तन गर्न सकेनौँ भने जनतामाझ जाँदा एमाले, नेकपा र कांग्रेसका नेताको घरमा पुगेर एक–दुई सिट माग्नुपर्ने अवस्था आउन सक्छ’, उनले भने ।

शाहीले पार्टीका पुराना तथा शीर्ष नेताहरूले पुर्‍याएको योगदान र उनीहरूको विचारको सम्मान गर्नुपर्ने पनि बताए । उनीहरूको अनुभव र सुझावलाई आत्मसात् गर्दै नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउनुपर्ने उनको धारणा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आगामी मंसिरको अन्तिम साता आयोजना हुँदैछ ।


 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर