२०८३ मंसिर ४ गते शुक्रवार / Nov 20 , 2026 , Friday
२०८३ मंसिर ४ गते शुक्रवार

आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरूसँग छलफल गर्दै 

आयोगले आज बिहान ११ः३० बजे दलका प्रतिनिधिहरूलाई छलफलका लागि बोलाएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज राजनीतिक दलहरूलाई छलफलका लागि आमन्त्रण गरिएको जानकारी दिए ।

Nada
२०८३ मंसिर ४ गते ०८:१२
Shares
आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरूसँग छलफल गर्दै 

काठमाडौँ : निर्वाचन आयोग स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ । निर्वाचनको तयारीस्वरूप आयोगले राजनीतिक दलहरूसँग छलफल तथा परामर्श प्रक्रिया अघि बढाएको हो ।

आयोगले आज विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्ने भएको छ । त्यसका लागि राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरूलाई आयोगले छलफलमा आमन्त्रण गरेको छ ।

आयोगले आज बिहान ११ः३० बजे दलका प्रतिनिधिहरूलाई छलफलका लागि बोलाएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज राजनीतिक दलहरूलाई छलफलका लागि आमन्त्रण गरिएको जानकारी दिए ।

प्रवक्ता भट्टराईले भने, “स्थानीय तहको निर्वाचनका विषयमा छलफलका लागि नै उहाँहरूलाई आयोगमा आमन्त्रण गरिएको हो ।”

उनका अनुसार राष्ट्रिय दलको मान्यता प्राप्त दलका प्रतिनिधिहरूसँग स्थानीय तहको निर्वाचनका सन्दर्भमा आवश्यक परामर्श तथा छलफल गरिनेछ ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् ।

स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा पूरा हुँदैछ । सोही कारण आयोगले नयाँ निर्वाचनको मिति निर्धारण तथा निर्वाचनको तयारीका सम्बन्धमा गृहकार्य थालेको हो ।

निर्वाचनको मिति, व्यवस्थापन र आवश्यक पूर्वतयारीका विषयमा राजनीतिक दलहरूको सुझाव लिन छलफल गर्न लागिएको आयोगले जनाएको छ । राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक दलहरूसँगको छलफलपछि आयोगमा दर्ता भएका अन्य राजनीतिक दलहरूसँग पनि परामर्श गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर