२०८२ कार्तिक २३ गते आइतवार / Nov 09 , 2025 , Sunday
२०८२ कार्तिक २३ गते आइतवार
Ads

नाबालिका बेचबिखन गर्न लैजाँदै गरेको आशंकामा रुकुमका एक युवा पक्राउ

shivam cement
प्रचण्ड खत्री
२०८२ कार्तिक २३ गते १९:२६
Shares
नाबालिका बेचबिखन गर्न लैजाँदै गरेको आशंकामा रुकुमका एक युवा पक्राउ

रुकुम पश्चिम : भारततर्फ नाबालिका बेचबिखन गर्न लैलाँदै गरेको आशंकामा प्रहरीले कपिलवस्तुको कृष्णनगर सीमा नाकाबाट एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुकुम पश्चिम, मुसिकोट नगरपालिका–१३ का २३ वर्षीय अर्जुन रोका रहेका छन् । प्रहरीले दिएको जानकारीअनुसार उनले नेपालमै रोजगारको प्रलोभन देखाउँदै एक नाबालिकालाई झुक्याएर भारत लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार रोकाले नाबालिकालाई बेचबिखन गरी आर्थिक लाभ लिने उद्देश्यले सीमा नाका कटाउने प्रयास गरेका थिए । उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको सिंहले बताए ।

जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराइएपछि प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

ADV

सम्बन्धित खबर