२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

अवैध कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ असोज ७ गते १९:५१
Shares
अवैध कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

रौतहट : रौतहटको परोहा नगरपालिका–८ मोतिपुरस्थित पटेल चोकबाट बुधबार एक थान अवैध कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । ​पक्राउ पर्नेमा भारतको बिहार राज्य पूर्वी चम्पारण (मोतिहारी) जिल्ला सन्तपुर निवासी गोविन्दा दास रहेको प्रहरीले जनाएको छ ।

ncell

​सीमावर्ती क्षेत्रमा हुन सक्ने संदिग्ध गतिविधि र गैरकानुनी ओसारपसारलाई नियन्त्रण गर्न खटिएको प्रहरी चौकी मोतिपुर तथा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) सरमुजवाको संयुक्त सुरक्षा टोलीले उनलाई नियन्त्रणमा लिएको हो । विशेष सूचनाका आधारमा उक्त क्षेत्रमा उच्च सतर्कता अपनाई निगरानी तथा चेकजाँच गर्ने क्रममा शंकास्पद अवस्थामा फेला परेका दासको खानतलासी गर्दा उनको साथबाट नलकटुवा पेस्तोल बरामद भएको थियो ।

​नेपाल-भारत खुला सीमाको फाइदा उठाउँदै अवैध हतियार भित्र्याइएको हुनसक्ने भन्दै जिल्लास्थित सुरक्षा निकायले यस घटनालाई गम्भीर रूपमा लिएका छन् । सीमा क्षेत्रमा आपराधिक गतिविधि नियन्त्रण गर्न थप सतर्कता र चेकजाँच कडा पारिएको सुरक्षा अधिकारीहरूले बताएका छन्  ।

​पक्राउ परेका दासलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा आवश्यक थप अनुसन्धान एवं कानुनी कारबाहीका लागि नेपाल प्रहरीको हिरासतमा राखिएको छ । हतियारबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर