२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

बर्दघाटमा बस दुर्घटना हुँदा पाँच जना घाइते

Nada
विनोद निगम
२०८३ असोज २६ गते ११:५३
Shares
बर्दघाटमा बस दुर्घटना हुँदा पाँच जना घाइते

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-४ यस मोड नजिकै पूर्व-पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

ncell

आइतबार बिहान करिब ७ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सुदूरपश्चिम प्रदेश ०१–००१ ख २३३० नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

बसमा करिब ४० देखि ४५ जना यात्रु सवार रहेकोमा पाँच जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि बर्दघाट नगर अस्पताल,चिसापानी पठाइएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये अछामको साफेबगर नगरपालिका-५ की २६ वर्षीया मौसमी ओढको अवस्था मध्यम रहेको छ भने दार्चुलाका पुष्कर सिंह धामी, भगवती अवस्थी, धनञ्जय जोशी र कैलालीकी निर्मला खड्काको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बस चालक कैलालीको गौरीगंगा नगरपालिका-१० का ३९ वर्षीय इन्द्र विक हुन् । चालकको मादक पदार्थ सेवन (मापसे) परीक्षणमा नतिजा नदेखिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर