२०८३ मंसिर १० गते बिहिवार / Nov 26 , 2026 , Thursday
२०८३ मंसिर १० गते बिहिवार

छिनखेत-भाग्ले-जग्रा सडकखण्ड धमाधम पिच हुँदै

Nada
प्रचण्ड खत्री
२०८३ मंसिर १० गते १३:४७
Shares
छिनखेत-भाग्ले-जग्रा सडकखण्ड धमाधम पिच हुँदै

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ४ को छिनखेतदेखि बाँफिकोट वडा नं ३ मा पर्ने सडकखण्डमा कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ ।

लामो समयदेखि सडक कच्ची हुँदा स्थानीयले बर्खायाममा हिलो र हिउँदमा धुलोले सास्ती खेप्दै आएका थिए । अहिले सडक पिच हुन थालेपछि स्थानीयहरू खुसी भएका छन् ।

बाँफिकोट गाउँपालिकाका जनप्रतिनिधिहरूको पहलमा सुरु भएको यस सडकको स्तरोन्नति कार्य अन्तर्गत अहिले नाली निर्माण र ग्राभेलको काम सकाएर पिच गर्ने काम तीव्र गतिमा भइरहेको छ ।

यो सडक बाँफिकोटको मुख्य सडक हो । यो सडक पिच भएपछि छिनखेत, भाग्ले, जग्रा लगायतका बस्तीबाट सदरमुकाम मुसिकोट र छिमेकी जिल्ला जान सजिलो हुने स्थानीय जनप्रतिनिधि देवराज उपाध्यायले बताए ।

सडक सञ्चालनमा आएपछि स्थानीय कृषि उपज बजार पुर्‍याउन र बिरामीलाई अस्पताल लैजान सहज हुने स्थानीय कालिबहादुर नेपालीको भनाइ छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर