२०८३ मंसिर १० गते बिहिवार / Nov 26 , 2026 , Thursday
२०८३ मंसिर १० गते बिहिवार

पवित्र उद्यान क्षेत्रमा मुण्डन संस्कारलाई व्यवस्थित बनाउन कोषको पहल

Nada
२०८३ मंसिर १० गते १४:२३
Shares
पवित्र उद्यान क्षेत्रमा मुण्डन संस्कारलाई व्यवस्थित बनाउन कोषको पहल

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु गरेको छ ।

बिहीबार टेकु फोहर संकलन केन्द्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले संयुक्त रुपमा पुनः निर्मित टेकु बायो–मिथेनेसन प्लान्टको उद्घाटन गरेका हुन् । 

परियोजनाको परीक्षण सुरु भएसँगै कुहिने फोहोरको व्यवस्थापनका साथै नवीकरणीय ऊर्जा र जैविक मल उत्पादनसँग जोड्ने नीति अघि बढाउने सहज हुने महानगरको विश्वास छ ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री श्रेष्ठले ७५३ वटै स्थानीय पालिकालाई यस्ता कार्यक्रम सुरु गर्न आह्वान गर्दै समन्वय भएमा त्यस्तै प्लान्टमा साझेदार बन्न मन्त्रालय तयार रहेको बताए । 

’एलपीजी मुक्त स्थानीय सरकार’ घोषणाअनुसार उत्पादन हुने ग्यासलाई उपयोग गर्न नीतिगत अस्पष्टतामा सहकार्य गर्नुपर्ने उनले बताए  । 

उनले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक संसद्मा दर्ता भइसकेको सन्दर्भमा पाइपलाइन र ग्यास वितरणसम्बन्धी विषयमा संसद्मा घनिभूत छलफल गरी नीतिगत सम्बोधन वा छुट्टै प्रावधान आवश्यक पर्ने–नपर्नेबारे छलफल गर्न सकिने धारणा राखे । 

उनले फोहर व्यवस्थापनमा सरकारी तथा जिम्मेवार निकाय मात्र सक्रिय भएर नपुग्ने भएकाले आम नागरिकमा जनचेतना अभिवृद्धि र सहयोग अपरिहार्य रहेको धारणा राखे ।

त्यस्तै काठमाडौं महानगरकी कार्यवाहक प्रमुख डंगोलले बायोग्यास प्लान्ट सञ्चालनपछि उत्पादन हुने ग्यास कसरी वितरण गर्ने भन्ने स्पष्ट नीति अझै नबनेको, घर–घरमा सिलिन्डर पुर्‍याउने पाटोसँगै पाइपलाइन वितरणको नीति तत्काल आवश्यक रहेको बताइन् । 

परीक्षण सञ्चालन सुरु भई ग्यास उत्पादन हुन थालेपछि वितरणको अन्योल हुने भएकाले पाइपलाइन वितरणसम्बन्धी नीति छिटो ल्याउन उनले आग्रह गरिन् ।

उनले फोहोरलाई मोहर बनाउने, ’वेस्ट टु इनर्जी’ तथा ’वेस्ट टु इकोनोमी’ का विविध पक्षलाई समेट्दै फोहोरको उपयोगी प्रयोग गर्न छुट्टै नीति आवश्यक रहेको धारणा राखिन् । 

करिव १० वर्ष अघि निर्माण भएको टेकु बायो–मिथेनेसन प्लान्ट केही समयमा नै बन्द भएको थियो । महानगरले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको समन्वयमा पुनः परीक्षण सुरु गरेको हो । 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर