
काठमाडौं : भाइ वैदेशिक रोजगारीमा रहेको अवस्थामा बुहारी धनमालसहित बेपत्ता भएपछि जेठाजुले प्रहरी गुहारेका छन् ।
बुहारी सीता (नाम परिवर्तन) छोरी र धनमालसहित बेपत्ता भएपछि खोजतलास गरिदिन माग गर्दै जिल्ला मकवानपुर, कैलाश गाउँपालिका–९, नामटार बस्ने ४४ वर्षीय नमराज लामाले जाहेरी दिएका हुन् ।
उनका भाइ वैदेशिक रोजगारीका क्रममा हाल क्रोएसियामा रहेका छन् । जेठाजु लामाका अनुसार बुहारी सीता मंसिर ८ गते बिहान घरबाट निस्किएर बेपत्ता भएकी हुन् । उनले प्रयोग गर्ने मोबाइल नम्बरमा फोन सम्पर्क गर्दा समेत सम्पर्क हुन नसकेको लामाले बताएका छन् ।