
काठमाडौँ : पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवा लामो समयपछि राजनीतिक कार्यक्रममा सहभागी भएकी छन् । बुधबार हङकङमा आयोजित देउवा समूहको जनसम्पर्क समितिको अधिवेशनमा उनी सहभागी भएकी हुन् ।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाकी पत्नी राणा जेनजी आन्दोलनयता राजनीतिक कार्यक्रममा देखिएकी थिइनन् ।
निर्वाचनअघि भारत हुँदै सिंगापुर पुगेकी राणाभन्दा अगाडि नै देउवा गत फागुन १३ गते त्यहाँ पुगेका थिए । स्वास्थ्य उपचारका लागि सिंगापुर गएका देउवा दम्पती गत चैतमा हङकङ पुगेका थिए ।
देउवा गत साउन २८ गते स्वदेश फर्किए पनि राणा हङकङमै रहेकी थिइन् । देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारी गरेको छ ।