
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको विवाद लुकाएर नभई छलफलबाट समाधान गर्नुपर्ने बताएका छन् ।
केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले महाधिवेशनमा सहभागी नभएका नेता तथा वरिष्ठ नेताहरूसँग संवाद गर्न आफू तयार रहेको बताए । विशेष महाधिवेशनपछि पूर्णबहादुर खड्का र डा. शेखर कोइरालासँग पटक–पटक छलफल भएको पनि उनले उल्लेख गरे ।
थापाले पार्टीभित्र आफ्नो आलोचना गर्नेहरूप्रति व्यङ्ग्य गर्दै आलोचनाबाट कसैको घरधन्दा चलेको छ भने चल्न दिनुपर्ने टिप्पणी गरे ।
त्यस्तै, निवर्तमान सभापति शेरबहादुर देउवाप्रति सम्मान व्यक्त गर्दै उनले देउवाको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान रहेको बताए । राजनीतिक व्यक्तिले आफ्नो बोली र व्यवहारमा राजनीतिक मर्यादा कायम राख्नुपर्ने उनको भनाइ थियो ।