२०८३ मंसिर ८ गते मङ्गलवार / Nov 24 , 2026 , Tuesday
२०८३ मंसिर ८ गते मङ्गलवार

स्वदेश फर्किए हसिनालाई पक्राउ गर्ने बंगलादेश सरकारको चेतावनी

Nada
२०८३ मंसिर ८ गते १५:५२
Shares
स्वदेश फर्किए हसिनालाई पक्राउ गर्ने बंगलादेश सरकारको चेतावनी

ढाका : बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिना आगामी डिसेम्बर १६ मा स्वदेश फर्किए पक्राउ गरिने जनाएको छ । सरकारले उनको फिर्ती स्वीकार नगर्ने स्पष्ट पार्दै सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।

हसिनाले भारतको नयाँदिल्लीबाट बंगलादेश फर्कन विमान र आवश्यक यात्रा कागजातको व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेकी थिइन् । तर विदेश राज्यमन्त्री हुमायूँ कबिरले हसिना दोषी ठहर भइसकेकाले स्वदेश फर्किए पक्राउ गरिने बताएका छन् ।

हसिनाको फर्कने घोषणापछि सीमा सुरक्षा बलले भारतसँग जोडिएको सीमामा गस्ती बढाएको छ । सन् २०२४ अगस्टमा विद्यार्थी आन्दोलनपछि भारत गएकी हसिना त्यसयता उतै बस्दै आएकी छन् ।

यसैबीच, बंगलादेश सरकारले हसिनाको सम्भावित पुनरागमनबारे विभिन्न राजनीतिक दलसँग छलफलसमेत गरेको छ । सरकारले अवामी लिगका सदस्यहरू फर्किए कानुनी कारबाही गरिने चेतावनी दिएको छ ।

डिसेम्बर १६ बंगलादेशको विजय दिवस हो । सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र भएको सम्झनामा यो दिवस मनाइन्छ ।
 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर