२०८३ मंसिर ८ गते मङ्गलवार / Nov 24 , 2026 , Tuesday
२०८३ मंसिर ८ गते मङ्गलवार

प्रहरी सरुवालाई व्यवस्थित र पारदर्शी बनाउन डिआइजी भट्टको नेतृत्वमा समिति गठन

Nada
२०८३ मंसिर ८ गते १३:४०
Shares
प्रहरी सरुवालाई व्यवस्थित र पारदर्शी बनाउन डिआइजी भट्टको नेतृत्वमा समिति गठन

काठमाडौँ : नेपाल प्रहरीको सरुवा प्रणालीलाई पारदर्शी, पूर्वानुमानयोग्य र व्यवस्थित बनाउन प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजेन्द्रप्रसाद भट्टको नेतृत्वमा समिति गठन गरेको छ ।

अन्वेषण, योजना तथा विकास निर्देशनालयका डिआइजी भट्ट नेतृत्वको समितिले काम सुरु गरिसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अबि नारायण काफ्लेले जानकारी दिएका छन् ।

‘सरुवा पूर्वानुमानयोग्य र पारदर्शी बनाउन समिति गठन गरिएको हो । सरुवा मापदण्डको अक्षरशः पालना गर्दै प्रहरी कर्मचारीको दक्षता र क्षमताका आधारमा सिफारिस गर्ने जिम्मेवारी समितिलाई दिइएको छ । अब समितिको सिफारिसका आधारमा सरुवा प्रक्रिया अघि बढाइनेछ,’ डिआइजी काफ्लेले भने ।

गत कात्तिक १८ गते प्रहरी महानिरीक्षक नियुक्त भएलगत्तै डा. मनोज कुमार केसीले सरुवा प्रणालीलाई पारदर्शी बनाउने बताएका थिए । उनको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले समिति गठन गरी प्रक्रिया अघि बढाएको हो ।

सरुवाका क्रममा उठ्ने गुनासा सम्बोधन गर्दै उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी दिने र सरुवा प्रक्रियाप्रति प्रहरी कर्मचारीको अपनत्व कायम गर्ने उद्देश्यले समितिले काम गर्ने जनाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार समितिको सिफारिस प्रहरी महानिरीक्षकबाट सदर भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी सरुवाको निर्णय गरिनेछ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर