२०८३ मंसिर २ गते बुधवार / Nov 18 , 2026 , Wednesday
२०८३ मंसिर २ गते बुधवार

ट्रम्पलाई स्वागत गर्न विमानस्थलमै पुगे चिनियाँ राष्ट्रपति सी जिनपिङ

Nada
२०८३ मंसिर २ गते १६:३७
Shares
ट्रम्पलाई स्वागत गर्न विमानस्थलमै पुगे चिनियाँ राष्ट्रपति सी जिनपिङ

काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनपिङ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई स्वागत गर्न आफैँ सेन्जेन विमानस्थल पुगेका छन् । आफ्नो कार्यकालमा यसअघि कुनै पनि अमेरिकी राष्ट्रपतिलाई स्वागत गर्न विमानस्थल नगएका सी यसपटक भने प्रोटोकल तोड्दै विमानस्थल पुगेका हुन् ।

चीनले कूटनीतिक शिष्टाचारलाई विशेष महत्त्व दिने भएकाले सी आफैँ स्वागतका लागि पुग्नुलाई अमेरिका–चीन सम्बन्धलाई दिएको महत्त्वका रूपमा हेरिएको छ ।

यसअघि ट्रम्पले पनि सी अमेरिका भ्रमणमा जाँदा संयुक्त बेस एन्ड्र्युज पुगेर व्यक्तिगत रूपमा स्वागत गरेका थिए ।

यसैबीच, सेन्जेन पुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भने चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो स्थायी समिति सदस्य काई छीले स्वागत गरेका थिए ।

सी यसअघि तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामालाई स्वागत गर्न विमानस्थल पुगेका थिए । त्यतिबेला उनी चीनका उपराष्ट्रपति थिए ।


 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर