२०८३ मंसिर २ गते बुधवार / Nov 18 , 2026 , Wednesday
२०८३ मंसिर २ गते बुधवार

दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

अदालतले कार्कीलाई प्रहरी महानिरीक्षकमा पुनर्बहाली नगर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारलाई भनेको छ ।

Nada
२०८३ मंसिर २ गते १५:२७
Shares
दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं : निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पुनः पदमा बहाल गर्न माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले तत्काल अल्पकालीन अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अन्तरिम आदेश जारी नगर्ने निर्णय गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो । साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफलका लागि दुवै पक्षलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

अदालतले कार्कीलाई प्रहरी महानिरीक्षकमा पुनर्बहाली नगर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारलाई भनेको छ । यद्यपि, अदालतको आदेशको पूर्ण विवरण सार्वजनिक भइसकेको छैन ।

विपक्षी बनाइएका सबै पक्षको लिखित जवाफ प्राप्त भएपछि सर्वोच्च अदालतले मुद्दाको नियमित सुनुवाइ प्रक्रिया अघि बढाउनेछ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर