२०८३ मंसिर २ गते बुधवार / Nov 18 , 2026 , Wednesday
२०८३ मंसिर २ गते बुधवार

निजामती ट्रेड युनियन खारेजीविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश

Nada
२०८३ मंसिर २ गते १३:०९
Shares
निजामती ट्रेड युनियन खारेजीविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश

काठमाडौँ : निजामती कर्मचारीका ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदन संवैधानिक इजलासमा पठाउन आदेश भएको छ ।

न्यायाधीश टेकप्रसाद ढुंगाना र चन्द्रबहादुर सारुको संयुक्त इजलासले उक्त विवादमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न उठेको ठहर गर्दै रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो ।

अब उक्त रिटमाथि प्रधानन्यायाधीशको नेतृत्वमा रहने संवैधानिक इजलासले सुनुवाइ गर्नेछ ।

नेपाल निजामती कर्मचारी सङ्गठनको केन्द्रीय कार्यसमितिका तर्फबाट भवानी दाहालले सरकारको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । यसअघि सर्वोच्च अदालतले उक्त रिटमा अन्तरिम आदेशसमेत जारी गरेको थियो ।

सरकारले गत साउनमा निजामती कर्मचारीका ट्रेड युनियन खारेज गर्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै ट्रेड युनियनका पदाधिकारी तथा नेताहरूले विरोध गर्दै आएका थिए ।

रिट संवैधानिक इजलासमा पुगेपछि अब निजामती कर्मचारीको ट्रेड युनियनसम्बन्धी व्यवस्था र सरकारको निर्णयको संवैधानिकताबारे थप न्यायिक निरूपण हुने भएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर