२०८३ मंसिर ८ गते मङ्गलवार / Nov 24 , 2026 , Tuesday
२०८३ मंसिर ८ गते मङ्गलवार

एनभिडियाको मुख्यालय फर्किए हुआङ, कर्मचारीले गरे भव्य स्वागत

Nada
२०८३ मंसिर ८ गते १२:२४
Shares
एनभिडियाको मुख्यालय फर्किए हुआङ, कर्मचारीले गरे भव्य स्वागत

काठमाडौं : अमेरिकी प्रविधि कम्पनी एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ कम्पनीको मुख्यालय फर्किँदा कर्मचारीले उत्साहपूर्वक स्वागत गरेका छन् ।

हुआङ मुख्यालय पुग्दा उपस्थित कर्मचारीले उनको नाम पुकार्दै खुसी व्यक्त गरेका थिए । उनको स्वागतका क्रममा कर्मचारीले उत्साह देखाएको भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।

मुख्यालयमा भेला भएका दर्जनौँ कर्मचारीलाई सम्बोधन गर्दै हुआङले आफूलाई दोस्रो अवसर दिएकोमा सबैप्रति आभार व्यक्त गरे ।

कर्मचारीले पटक–पटक उनको नाम लिएर स्वागत गरेपछि उनले आफू यसपटक अझ राम्रो सीईओ बन्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘दोस्रोपटक म अझ राम्रो सीईओ बन्नेछु ।’

यस घटनाक्रमबाट कर्मचारीहरू पनि प्रभावित हुनुपरेको भन्दै उनले उनीहरूसँग माफीसमेत मागे । काममा फर्किएपछि आईटी विभागले आफूलाई नयाँ कम्प्युटर उपलब्ध गराउने भन्दै उनले सम्बोधनका क्रममा ठट्टा पनि गरेका थिए ।

उनको सम्बोधन सकिनै लाग्दा एक महिला कर्मचारी दौडिँदै आएर उनलाई अँगालो हालेकी थिइन् । उक्त दृश्यले स्वागत कार्यक्रमलाई थप भावुक बनाएको थियो ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर