२०८३ मंसिर ६ गते आइतवार / Nov 22 , 2026 , Sunday
२०८३ मंसिर ६ गते आइतवार

मधेशका मुख्यमन्त्री यादवले आज शपथ लिँदै, विश्वासको मत जुटाउनु चुनौती

मुख्यमन्त्री नियुक्त भए पनि यादवका लागि सरकार टिकाउनु चुनौतीपूर्ण देखिएको छ । उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।

Nada
२०८३ मंसिर ६ गते ०८:४६
Shares
मधेशका मुख्यमन्त्री यादवले आज शपथ लिँदै, विश्वासको मत जुटाउनु चुनौती

जनकपुरधाम : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज (आइतबार) बिहान १० बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा (३) अनुसार शुक्रबार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । उपधारा (२) अनुसार बहुमतको सरकार गठनका लागि दाबी आह्वान गरिए पनि निर्धारित समयभित्र दाबी नपरेपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल जसपा नेपालका संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।

मुख्यमन्त्री नियुक्त भए पनि यादवका लागि सरकार टिकाउनु चुनौतीपूर्ण देखिएको छ । उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ । १०३ सदस्य कायम रहेको प्रदेशसभामा विश्वासको मतका लागि कम्तीमा ५३ मत आवश्यक छ ।

जसपा नेपालसँग एक सदस्य निलम्बनमा रहेकाले हाल २७ सदस्यको समर्थन छ । त्यसैले यादवले विश्वासको मत प्राप्त गर्न थप २६ सदस्यको समर्थन जुटाउनुपर्नेछ ।

यादव यसअघि २०७९ पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । २०८१ जेठ २३ गते विश्वासको मत गुमाएपछि उनको पहिलो कार्यकाल समाप्त भएको थियो । दोस्रोपटक मुख्यमन्त्री बनेका यादवका लागि यसपटक पनि बहुमत जुटाउनु मुख्य चुनौती बनेको छ ।

laxmi recruitement

सम्बन्धित खबर