२०८३ मंसिर ४ गते शुक्रवार / Nov 20 , 2026 , Friday
२०८३ मंसिर ४ गते शुक्रवार

स्थानीय र प्रदेश निर्वाचन पाँच वर्षे कार्यकालका आधारमा हुनुपर्छ : प्रचण्ड

Nada
२०८३ मंसिर ४ गते १७:४०
Shares
स्थानीय र प्रदेश निर्वाचन पाँच वर्षे कार्यकालका आधारमा हुनुपर्छ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह र प्रदेशको निर्वाचन संविधानले सुनिश्चित गरेको पाँच वर्षे कार्यकालका आधारमा हुनुपर्ने बताएका छन् ।

शुक्रबार निर्वाचन आयोगले राजनीतिक दलहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय र प्रदेश निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने विषयमा थप छलफल आवश्यक रहेको बताए ।

त्यस्तै, विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक प्राविधिक तथा अन्य तयारीबारे पनि सकारात्मक छलफल भएको उनले जानकारी दिए ।

निर्वाचन लोकतन्त्र र संविधानको सुदृढीकरणका लागि अनिवार्य भएकाले सबै राजनीतिक दलले निर्वाचनको वातावरण बनाउन जिम्मेवार भूमिका खेल्नुपर्नेमा उनले जोड दिए । स्थानीय र प्रदेश निर्वाचनको मितिबारे अर्को बैठकमा छलफल गरी निष्कर्षमा पुगिने उनले बताए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर