२०८३ मंसिर ४ गते शुक्रवार / Nov 20 , 2026 , Friday
२०८३ मंसिर ४ गते शुक्रवार

बदर मत घटाउन निर्वाचनमा प्रविधिको प्रयोग बढाउन दलहरूको जोड

Nada
२०८३ मंसिर ४ गते १६:१०
Shares
बदर मत घटाउन निर्वाचनमा प्रविधिको प्रयोग बढाउन दलहरूको जोड

काठमाडौँ : राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूले बदर मत घटाउन आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको छलफलमा नेताहरूले आगामी निर्वाचनहरूमा क्रमशः प्रविधिको प्रयोग बढाउनुपर्ने बताएका हुन् ।

छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले आयोगले निर्वाचनको तयारीबारे दलहरूलाई जानकारी गराएको बताए । उनका अनुसार स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकै दिन गर्ने कि फरक मितिमा गर्ने भन्ने विषयमा राजनीतिक सहमति जुटाउन आयोगले दलहरूलाई आग्रह गरेको छ ।

खरेलका अनुसार स्वतन्त्र, निष्पक्ष, भयरहित र धाँधलीरहित निर्वाचन सम्पन्न गर्न आयोगलाई सहयोग गर्ने प्रतिबद्धता दलहरूले जनाएका छन् । उम्मेदवारको चुनावी खर्च घटाउन आवश्यकताअनुसार संविधान र कानुनमा सुधार गर्नुपर्ने विषय पनि आयोगले छलफलमा उठाएको उनले बताए ।

प्रवासमा रहेका नेपाली नागरिकलाई पनि आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा मतदानको अधिकार दिनुपर्ने प्रस्ताव आफूले छलफलमा राखेको प्रवक्ता खरेलले बताए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर