२०८३ मंसिर ४ गते शुक्रवार / Nov 20 , 2026 , Friday
२०८३ मंसिर ४ गते शुक्रवार

निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने जिम्मेवारी सरकारको हो : सभापति थापा

Nada
२०८३ मंसिर ४ गते १४:५३
Shares
निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने जिम्मेवारी सरकारको हो : सभापति थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने प्रमुख जिम्मेवारी सरकारको भएको बताएका छन् ।

शुक्रबार निर्वाचन आयोगसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले निर्वाचन सञ्चालन गर्ने सन्दर्भमा आयोगको आफ्नै जिम्मेवारी र सीमितता रहे पनि निर्वाचनलाई निष्पक्ष र विश्वसनीय बनाउने दायित्व सरकारको हुने बताएका हुन् ।

‘निर्वाचन गर्ने सन्दर्भमा आयोगको एउटा जिम्मेवारी छ तर त्यो सीमित छ,’ थापाले भने, ‘निर्वाचनको निष्पक्षताको सुनिश्चितता गर्ने सबैभन्दा ठूलो जिम्मेवारी सरकारको हुन्छ ।’

उनले निर्वाचनका विषयमा सरकारले राजनीतिक दलहरूसँग संवाद र समन्वय गर्नुपर्नेमा जोड दिए । राजनीतिक दलहरूलाई बेवास्ता गरेर निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढाउन खोज्दा समस्या आउन सक्ने उनको भनाइ थियो ।

थापाले निर्वाचनको खर्च, समय र व्यवस्थापनका विषयमा सरकारले नै राजनीतिक दलहरूसँग छलफल गर्नुपर्ने बताए । सरकार र दलहरूबीच आवश्यक संवाद भएपछि दलहरूबीच पनि सहमति जुटाउन छलफल गर्न सकिने उनले उल्लेख गरे ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर