२०८३ मंसिर ४ गते शुक्रवार / Nov 20 , 2026 , Friday
२०८३ मंसिर ४ गते शुक्रवार

स्थानीय निर्वाचनमा जनताको मन जित्ने प्रतिस्पर्धा हुन्छ : ओली

स्थानीय तहमा जनताको मन जित्न सक्ने वा गुमाउने अवस्था बन्ने भएकाले निर्वाचनलाई विशेष रूपमा लिनुपर्ने उनको भनाइ थियो ।

Nada
२०८३ मंसिर ४ गते १६:३३
Shares
स्थानीय निर्वाचनमा जनताको मन जित्ने प्रतिस्पर्धा हुन्छ : ओली

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तहको निर्वाचनलाई राजनीतिक प्रतिस्पर्धाको महत्त्वपूर्ण अवसरका रूपमा चित्रण गरेका छन् । 

शुक्रबार पार्टी कार्यालयमा आयोजित स्थानीय तहका एमाले जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै उनले स्थानीय निर्वाचनबाटै जनतामा दलप्रतिको धारणा र समर्थन प्रकट हुने बताए ।

स्थानीय तहमा जनताको मन जित्न सक्ने वा गुमाउने अवस्था बन्ने भएकाले निर्वाचनलाई विशेष रूपमा लिनुपर्ने उनको भनाइ थियो । ओलीले जनप्रतिनिधिहरूलाई आफ्नो कार्यकालमा भएका कमजोरी सच्याउन र अधुरा कामलाई समयमै पूरा गर्न निर्देशन दिए ।

बाँकी अवधिमा जनताको अपेक्षाअनुसार काम गरेर विश्वास कायम राख्न उनले आग्रह गरे । विगतमा भएका कमजोरीलाई थाती नराखी तत्काल सुधार गर्दै अघि बढ्नुपर्नेमा ओलीले जोड दिएका छन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर