२०८३ मंसिर ७ गते सोमवार / Nov 23 , 2026 , Monday
२०८३ मंसिर ७ गते सोमवार

बालेन–मोदीद्वारा पाँच परियोजनाको संयुक्त उद्घाटन तथा शिलान्यास 

Nada
२०८३ मंसिर ७ गते १३:५४
Shares
बालेन–मोदीद्वारा पाँच परियोजनाको संयुक्त उद्घाटन तथा शिलान्यास 

काठमाडौं : भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको सहयोगमा निर्माण भएका तथा निर्माण हुन लागेका पाँच परियोजनाको संयुक्त रूपमा उद्घाटन तथा शिलान्यास गरेका छन् ।

सोमबार नयाँ दिल्लीमा दुवै देशका प्रधानमन्त्रीले स्विच थिचेर परियोजनाहरूको उद्घाटन तथा शिलान्यास गरेका हुन् । पाँच परियोजनामध्ये चारवटाको शिलान्यास गरिएको छ भने एउटाको उद्घाटन गरिएको छ ।

यसक्रममा भारतको धार्चुलाबाट नेपालको दार्चुला जोड्ने मोटरेबल पुलको शिलान्यास गरिएको छ । त्यस्तै, बनबासा नाकामा एकीकृत जाँच चौकी निर्माणको पनि शिलान्यास गरिएको छ ।

त्यसैगरी, मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको परियोजना उद्घाटन गरिएको छ । यस परियोजनाअन्तर्गत भारतबाट पाइपलाइनमार्फत पेट्रोल र मट्टितेल आपूर्ति सुरु भएको छ ।

झापाको चारआलीमा निर्माण हुने ग्यास पाइपलाइनको पनि शिलान्यास गरिएको छ । यसका साथै ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माणको समेत शिलान्यास गरिएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर