२०८३ मंसिर ७ गते सोमवार / Nov 23 , 2026 , Monday
२०८३ मंसिर ७ गते सोमवार

नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग गर्ने मोदीको घोषणा

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा भारतले नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग घोषणा गरेको छ ।

Nada
२०८३ मंसिर ७ गते १४:०४
Shares
नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग गर्ने मोदीको घोषणा

काठमाडौं : प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा भारतले नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग घोषणा गरेको छ ।

नेपालले भारतसँग २ खर्ब भारु सहयोग माग गरेको थियो । जसमा १ खर्ब ऋण र १ खर्ब अनुदान प्रस्ताव गरिएको थियो । अनुदानमध्ये ५० अर्ब रसुवा बाढीपछिको पुनर्निर्माण र ५० अर्ब बुटवल–पोखरा एक्सप्रेस वे निर्माणका लागि माग गरिएको थियो ।

भारतले यसअघि घोषणा गरेका लाइन अफ क्रेडिटमध्ये ठूलो रकम उपयोग हुन सकेको थिएन । भारतीय वस्तु तथा सामग्री नै ७५ प्रतिशत प्रयोग गर्नुपर्ने प्रावधानका कारण ऋण उपयोगमा समस्या आएको अर्थ मन्त्रालय स्रोतको भनाइ छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर