२०८३ मंसिर ८ गते मङ्गलवार / Nov 24 , 2026 , Tuesday
२०८३ मंसिर ८ गते मङ्गलवार

पार्टीको विधानविपरीत गतिविधि गर्नेलाई कारबाही हुन्छ : गगन थापा

केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै थापाले पार्टीको विधानविपरीत गतिविधि गर्ने जोकोहीलाई विधानअनुसार कारबाही गरिने स्पष्ट पारे ।

Nada
२०८३ मंसिर ८ गते १६:११
Shares
पार्टीको विधानविपरीत गतिविधि गर्नेलाई कारबाही हुन्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतबाट पार्टीको आधिकारिकता र महाधिवेशनबाट निर्वाचित नेतृत्व उल्टिने चर्चा संसद् पुनर्स्थापनाको हल्लाजस्तै भएको बताएका छन् ।

केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै थापाले पार्टीको विधानविपरीत गतिविधि गर्ने जोकोहीलाई विधानअनुसार कारबाही गरिने स्पष्ट पारे ।

उनले पार्टीको सदस्यता त्यागेर अर्को दलमा प्रवेश गर्ने नेता तथा जनप्रतिनिधिमाथि पनि विधानअनुसार कारबाही हुने बताए । राष्ट्रिय सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुखले अर्को पार्टी रोजे पनि यही नियम लागू हुने उनको भनाइ थियो ।

थापाले हाल भइरहेको अधिवेशन नेपाली कांग्रेसको आधिकारिक अधिवेशन नभएको दाबी गर्दै त्यसमा सहभागी हुनेहरूमाथि समेत विधानअनुसार कारबाही गरिने चेतावनी दिए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर