२०८३ मंसिर ३ गते बिहिवार / Nov 19 , 2026 , Thursday
२०८३ मंसिर ३ गते बिहिवार

बर्खास्त भएका एआईजी दाहालले दिए पुनरावेदन

Nada
२०८३ मंसिर ३ गते १५:३२
Shares
बर्खास्त भएका एआईजी दाहालले दिए पुनरावेदन

काठमाडौँ : संवेदनशील सूचना चुहाएको आरोपमा बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले सरकारको निर्णयविरुद्ध पुनरावेदन दिएका छन् ।

दाहालले गृहमन्त्रीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनरावेदन निवेदन दिएका हुन् । उनको निवेदनमाथि निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्सँग हुन्छ ।

मन्त्रिपरिषद्ले यसअघि गरेको बर्खास्तीको निर्णय सदर गरेमा मात्रै दाहाललाई अदालत जाने बाटो खुल्नेछ । त्यसैले उनले पहिलो चरणमा मन्त्रिपरिषद्‍मै पुनरावेदन दिएका हुन्।

सरकारले संवेदनशील सूचना चुहाएको र पदीय आचरणविपरीत काम गरेको आरोपमा असोज २३ गते दाहाललाई सेवाबाट बर्खास्त गरेको थियो ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर