२०८३ मंसिर ३ गते बिहिवार / Nov 19 , 2026 , Thursday
२०८३ मंसिर ३ गते बिहिवार

स्थानीय निर्वाचन गैरदलीय बनाउन निर्वाचन आयोगमा ज्ञापन पत्र

Nada
२०८३ मंसिर ३ गते १४:२७
Shares
स्थानीय निर्वाचन गैरदलीय बनाउन निर्वाचन आयोगमा ज्ञापन पत्र

काठमाडौँ : स्वतन्त्र नागरिक अभियान, नेपालले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन माग गर्दै निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाएको छ ।

अभियानका अध्यक्ष तथा संयोजक ऋषि धमलाको नेतृत्वमा आयोग पुगेको टोलीले त्यसका लागि आवश्यक संवैधानिक र कानुनी व्यवस्था गर्न सरकारलाई सिफारिस गरिदिन आग्रह गरेको छ ।

अभियानले स्थानीय निर्वाचनमा दलका चुनाव चिह्नको सट्टा उम्मेदवारलाई स्वतन्त्र चुनाव चिह्न दिएर प्रतिस्पर्धा गराउने व्यवस्था प्रस्ताव गरेको छ । गैरदलीय निर्वाचनका लागि आवश्यक कानुनी र प्रशासनिक आधार तय गरेपछि निर्वाचनको मिति घोषणा गर्न पनि ज्ञापन पत्रमा माग गरिएको छ ।

स्थानीय तहमा दलीय ध्रुवीकरण र भागबन्डाले बजेट विनियोजन, सार्वजनिक सेवा प्रवाह र वित्तीय अनुशासनमा असर पारेको अभियानको भनाइ छ। स्थानीय स्वायत्तता, जनसहभागिता र नागरिकप्रतिको प्रत्यक्ष जबाफदेहिता बलियो बनाउन गैरदलीय निर्वाचन प्रणाली आवश्यक रहेको तर्क अभियानले गरेको छ ।

निर्वाचन प्रणाली सुधार, आचारसंहिता निर्माण र कानुन संशोधनका विषयमा हुने सर्वदलीय छलफल तथा परामर्शमा नागरिक समाजलाई संस्थागत रूपमा सहभागी गराउन पनि अभियानले आयोगको ध्यानाकर्षण गराएको छ । त्यस्ता छलफलमा स्वतन्त्र नागरिक अभियानकै औपचारिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग ज्ञापन पत्रमा छ । 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर