२०८२ भदौ १२ गते बिहिवार / Aug 28 , 2025 , Thursday
२०८२ भदौ १२ गते बिहिवार
Ads

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश पारित

shivam cement
मध्यान्ह
२०८२ असार ११ गते २२:१८
हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश पारित

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश पारित गरेको छ । कम्पनीको १८औँ वार्षिक साधारण सभाले आठ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

सभाले कम्पनीको वितरणयोग्य सञ्चित मुनाफाबाट चुक्तापुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँको ८ प्रतिशतको दरले हुने ७३ करोड १४ लाख ५८ हजार ९८४.४८ नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्न स्वीकृत प्रदान गरेको छ । यसैगरी सभाले सञ्चालक समितिको आ.व. २०८०/८१ को बार्षिक प्रतिवेदन, कम्पनीको आ.व.२०८०/८१ को अवधिको लागि तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा/नोक्सान हिसाब पारित गरेको छ ।

सभाले कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृत गरेको छ भने सञ्चालक समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षकमा लेखापरीक्षक एस.सिलाल एशोसिएट्स चार्टर्ड एकाउन्टेण्टलाई नियुक्ति गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise