२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

नेप्से परिसूचक ३३ अंकले बढ्यो

Nada
२०८३ कार्तिक ११ गते १७:१४
Shares
नेप्से परिसूचक ३३ अंकले बढ्यो

काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक  ३३ दशमलव २९ अंकले बढेर दुई हजार ६६४ दशमलव ०६ मा पुगेको छ । ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३२ अंकले बढेर ४८१ दशमलव ७९ मा पुगेको छ । 

त्यस्तै फ्लोट सूचक दुई दशमलव ६२ अंकले बढेर १८४ दशमलव ७३ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव ३९ अंकले बढेर १६३ दशमलव ०९ मा पुगेको छ । 

विभिन्न कम्पनीका आज एक करोड ९३ लाख ९७ हजार ५४८ कित्ता शेयर रु सात अर्ब ४५ करोड ८६ लाख ७७ हजार ३६८ मूल्यमा खरिद बिक्री भएको छन् । तेह्र उपसमूहमध्ये १२ उपसमूह बढ्यो भने एक उपसमूह घटेको छ । आज २४१ कम्पनीको शेयर बढ्यो भने ३५ कम्पनीको शेयर घट्यो । त्यसैगरी तीन  कम्पनीको शेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार बेनी हाइड्रोपावर, बुटबल पावर कम्पनी, सुपर खुदी हाइड्रोपावरलगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी  प्राइम डिबेञ्चर, गरिमा समृद्धि योजना, सिर्जनशील लघुवित्त वित्तीय संस्थालगायतका लगानीकर्ताले गुमाएका छन् ।

सम्बन्धित खबर