२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

पहिरोपीडित दुई परिवार र बिरामी बालिकालाई पर्वत जलजला समाज कतारको एक लाख सहयोग

Nada
तिलु शर्मा पौडेल
२०८३ कार्तिक ११ गते १७:२२
Shares
पहिरोपीडित दुई परिवार र बिरामी बालिकालाई पर्वत जलजला समाज कतारको एक लाख सहयोग

दोहा, कतार : पर्वत जलजला समाज कतारले पहिरोबाट प्रभावित दुई परिवार र उपचाररत एक बालिकालाई गरी एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । समाजले असोज १० देखि १२ गतेसम्मको अविरल वर्षा र पहिरोबाट प्रभावित परिवारलाई राहत तथा बिरामी बालिकाको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम हस्तान्तरण गरेको हो ।

समाजले जलजला गाउँपालिका–४ का पहिरो प्रभावित दुर्गाबहादुर कार्कीलाई ४० हजार र दोबिल्लाका पहिरो प्रभावित दलबहादुर मल्ललाई ४० हजार रुपैयाँ सहयोग गरेको छ । त्यस्तै, जलजला गाउँपालिका–२ पाखा थर निवासी खिमबहादुर परियारकी बिरामी छोरी टेरिया परियारको उपचारका लागि २० हजार रुपैयाँ सहयोग गरेको हो । समाजका प्रतिनिधि अनिल मल्ल र मीनबहादुर जिसीको उपस्थितिमा जलजला गाउँपालिका–४ का वडाध्यक्ष भरतबहादुर क्षेत्री र कृष्णबहादुर जिसीको रोहवरमा सम्बन्धित परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।

समाजका अध्यक्ष देभाराज कार्कीका अनुसार कतारमा रहेका पर्वतवासीहरूको सहयोगबाट उक्त मानवीय कार्य सम्भव भएको हो । उनले विपद्बाट प्रभावित परिवारलाई राहत र बिरामी बालिकाको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले रकम जुटाइएको बताए । समाजले सहयोग जुटाउन तथा हस्तान्तरण प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने समाजका संरक्षक भरत मल्ल ठकुरी, प्रमुख सल्लाहकार आनन्द जिसीलगायत सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरेको छ ।

सम्बन्धित खबर