
काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा ३ हजार २ सय रुपैयाँले घटेर २ लाख ८० हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन तोलामा दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा १०५ रुपैयाँ घटेको छ ।
अघिल्लो दिन तोलाको ३ हजार ९३० रुपैयाँ रहेको चाँदीको भाउ आज ३ हजार ८२५ रुपैयाँ कायम भएको छ ।