२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

नेपालको पहिलो दमकल सर्वसाधारणका लागि प्रदर्शनीमा (तस्बिरहरू)

Nada
२०८३ कार्तिक १३ गते १२:०४
Shares
नेपालको पहिलो दमकल सर्वसाधारणका लागि प्रदर्शनीमा (तस्बिरहरू)
तस्बिर : नेपाल फोटो लाइब्रेरी

काठमाडौं : नेपालको पहिलो तथा १०९ वर्ष पुरानो ऐतिहासिक दमकल सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको छ । काठमाडौंको वसन्तपुरस्थित जुद्ध वारुण यन्त्र परिसरमा सङ्ग्रहालय निर्माण गरी ऐतिहासिक दमकलसहित पुराना अग्नि नियन्त्रणका उपकरण अवलोकन गर्न मिल्ने व्यवस्था गरिएको हो । नेपालको इतिहास र अग्नि नियन्त्रण सेवाको विकासक्रमसँग जोडिएको उक्त दमकललाई संरक्षण गर्दै सर्वसाधारणले नजिकबाट अवलोकन गर्न पाउने गरी प्रदर्शनीमा राखिएको हो । दमकललाई पुरानै स्वरूपमा फर्काउन मर्मतसम्भार तथा रङरोगन गरी व्यवस्थित रूपमा राख्ने काम गरिएको छ ।

May be an image of text

विसं १९९४ मा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेर जङ्गबहादुर राणाले वसन्तपुरमा जुद्ध वारुण यन्त्र स्थापना गरी नेपालमा पहिलोपटक दमकल भित्र्याएका थिए । काठमाडौंको ऐतिहासिक सेतो दरबारमा भएको भीषण आगलागीपछि आगो नियन्त्रणका लागि बेलायतबाट दमकल मगाइएको इतिहास छ । यतिबेला काठमाडौं उपत्यका सडक सञ्जालबाट तराई तथा भारतसँग जोडिएको थिएन । त्यसैले बेलायतबाट ल्याइएका तीन वटा दमकललाई मकवानपुरको भीमफेदीमा पाटपुर्जा छुट्याएर मानिसले काँधमा बोकी काठमाडौं ल्याएका थिए ।

May be an image of text

दमकलको अग्रभागमा ‘मेरी वेदर, मोरिस कमर्सियल लन्डन’ लेखिएको छ । वसन्तपुरस्थित जुद्ध वारुण यन्त्रमा बेलायतबाहेक जर्मन मोडेलका साना तथा ठूला पुराना दमकलसमेत संरक्षणका लागि राखिएका छन् । ३५० लिटर क्षमताको सानो दमकल अहिले प्रयोग गर्न नसकिने अवस्थामा छ भने ठूलो दमकलको इन्जिन परिवर्तन गरेर सञ्चालन गर्न सकिने भए पनि खर्च व्यवस्थापनको समस्या रहेको छ । 

May be an image of text

यसैबीच भक्तपुर र ललितपुरमा रहेका पुराना दमकललाई पनि संरक्षण गरी सङ्ग्रहालयका रूपमा विकास गर्ने परिकल्पना गरिएको छ । भक्तपुरको दुधपाटीस्थित जुद्ध वारुण यन्त्र परिसरमा तीन वटा पुराना दमकल टहरामा राखिएका छन् । त्यसमध्ये ठूलो दमकलमा टिपरको इन्जिन जडान गरी सञ्चालन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाइएको छ ।

May be an image of car and text

May be an image of text

May be an image of text

May be an image of text

May be an image of car and text

ताजा खबर

सम्बन्धित खबर