
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले युएईविरूद्ध शतक प्रहार गरेका छन् ।
आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएई)मा जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा घरेलु टिमविरुद्ध नेपालका कप्तान पौडेलले १०० रन पूरा गरेका हुन् ।
उनले १२६ बलमा पाँच चौका र एक छक्का प्रहार गर्दै शतक प्रहार गरेका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमा रोहिको यो दोस्रो एकदिवसीय शतक हो । यसअघि उनले सन् २०२२ मा पपुवा न्युगिनीविरूद्ध घरेलु मैदानमा शतक प्रहार गरेका थिए ।