२०८२ कार्तिक १३ गते बिहिवार / Oct 30 , 2025 , Thursday
२०८२ कार्तिक १३ गते बिहिवार
Ads

प्रधानमन्त्री कार्कीसँग जर्मनीका राजदुतको भेटः राहदानी छपाइका लागि आवश्यक पहल गरिदिन आग्रह

shivam cement
२०८२ कार्तिक १३ गते १८:२०
प्रधानमन्त्री कार्कीसँग जर्मनीका राजदुतको भेटः राहदानी छपाइका लागि आवश्यक पहल गरिदिन आग्रह

काठमाडौंः नेपालका लागि जर्मनीका राजदुत उडो भोल्जले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा नेपाल र जर्मनीबीच द्विपक्षीय हित र मित्रताका विषयमा विचार आदानप्रदान भएको हो । प्रधानमन्त्रीमा कार्की नियुक्त भएपछि उनीहरुबीचको यो पहिलो भेट हो । यस क्रममा जर्मनीका राजदुत उडो भोल्जले प्रधानमन्त्री कार्कीलाई सफल कार्यका लागि शुभकामना व्यक्त गर्दै सदाझैँ नेपालको प्राथमिकताअनुसार आवश्यक सहयोग गर्न तयार रहेको जानकारी दिए । प्रधानमन्त्री कार्कीले धन्यवाद व्यक्त गरिन् ।\\

यसैबीच प्रधानमन्त्री कार्कीले नेपालको राहदानी छपाइको जिम्मा पाएको जर्मन कम्पनीसँग सम्झौतामा भएको मितिअगावैदेखि राहदानी छपाइका लागि आवश्यक पहल गरिदिन आग्रह गरिन् । नेपाली नागरिकलाई छिटोछरितो सेवा प्रवाह गर्ने यस कार्यमा जर्मन पक्षबाट सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गरे । जवाफमा राजदुत भोल्जले आफ्नो तर्फबाट कम्पनीलाई अनुरोध गरी यस विषयमा सक्दो पहल गर्ने बताए । भेटमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायत कूटनीतिक अधिकारीहरुको उपस्थिति थियो । 

ADV

ताजा खबर

सम्बन्धित खबर