२०८२ कार्तिक १३ गते बिहिवार / Oct 30 , 2025 , Thursday
२०८२ कार्तिक १३ गते बिहिवार
Ads

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक रसले दिए राजीनामा

shivam cement
२०८२ कार्तिक १३ गते ११:४९
राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक रसले दिए राजीनामा

काठमाडौँ : नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले आफ्नो पदबाट राजीनामा दिनुभएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । 

गत फागुनमा एन्फा र अस्ट्रेलियाली प्रशिक्षक रसबीच एक वर्षका लागि सम्झौता भएको थियो । रसले करिब आठ महिनामै राजीनामा दिएको एन्फाका महासचिव किरण राईको जानकारी दिए । के कारणले राजीनामा दिए भन्ने विषयमा पछि जानकारी गराउने उनाल्र बताए । 

आठ महिनामा रसको प्रशिक्षकमा नेपाली फुटबल टोलीले सात अन्तरराष्ट्रिय खेल खेलेको थियो । जसमा नेपालले एक खेलमा जित हासिल गर्दा दुई खेल बराबरी तथा चार खेलमा पराजित भएको थियो । रसको प्रशिक्षणमा खेलेको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई हराएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise