२०८२ कार्तिक ६ गते बिहिवार / Oct 23 , 2025 , Thursday
२०८२ कार्तिक ६ गते बिहिवार
Ads

धनकौलमा मेयर कप क्रिकेट प्रतियोगिता सुरु

shivam cement
मध्यान्ह
२०८२ कार्तिक ६ गते ०७:२८
धनकौलमा मेयर कप क्रिकेट प्रतियोगिता सुरु

सर्लाही : सर्लाहीको धनकौल गाउँपालिकामा बुधबारदेखि ‘मेयर कप क्रिकेट प्रतियोगिता–२०८२’ सुरु भएको छ ।

गाउँपालिकाको विशेष पहलमा आयोजित प्रतियोगिता धनकौलस्थित चीनी मिलको खेलमैदानमा सञ्चालन भइरहेको हो ।

प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा पूर्वमन्त्री प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंह र धनकौल गाउँपालिकाका अध्यक्ष रामअस्रे साहले संयुक्त रूपमा गरे ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ सुरु भएको यस प्रतियोगिताको यो छैटौँ संस्करण हो ।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष साहले खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिका निरन्तर सहयोगी रहने प्रतिबद्धता जनाए ।

उनका अनुसार खेलाडीहरूका लागि आवश्यक पूर्वाधार विकास र सहयोग उपलब्ध गराउने योजनासमेत रहेको छ ।

No description available.

“युवा खेलाडीले आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसरका रूपमा मेयर कपलाई लिन सकिन्छ,” उनले भने ।

प्रतियोगितामा धनकौल गाउँपालिकाका आठवटै टोलबीच प्रतिस्पर्धा हुनेछ ।

उद्घाटन खेलमा वडा नं. ५ हरकठवाले वडा नं. १ शेखवनालाई ६७ रनले पराजित गरेको छ ।

प्रतियोगिता कार्तिक १२ गतेसम्म सञ्चालन हुने जानकारी नेपाली कांग्रेसका युवा नेता दीपेन्द्र साहले दिएका छन् ।

प्रतियोगिताले खेलप्रेमीहरूमा उत्साह थपेको छ भने खेल हेर्नका लागि स्थानीय दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ ।

उद्घाटन समारोहमा वडा नं. १ का अध्यक्ष गौरी महतो, वडा नं. २ का अध्यक्ष रामबहादुर सहनी, वडा नं. ४ का अध्यक्ष नरेन्द्र राय, वडा नं. ६ का अध्यक्ष किशोरी राय, वडा नं. ७ का अध्यक्ष रामलखन राय, शिक्षा शाखा प्रमुख युक्ति राम लगायत जनप्रतिनिधि र कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो ।

ADV

सम्बन्धित खबर

Advertise