उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहामा जारी तेस्रो स्व. युवराज (कैलास) राई स्मृति फुटबल प्रतियोगिताको फाइनलमा गाईघाट युनाइटेड फुटबल समूहले स्थान सुरक्षित गरेको छ ।
बिहीबार भएको सेमिफाइनल खेलमा गाईघाट युनाइटेड फुटबल समूहले नेपालटार आदर्श फुटबल समूहलाई ४-२ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफ प्रतिस्पर्धात्मक बनेको थियो । दोस्रो हाफको ७औं मिनेटमा नेपालटारका मनिष मगरले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि गाईघाटका सनम राईले दोस्रो हाफको १७औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
निर्धारित समयमा खेल १-१ को बराबरीमा सकिएपछि अतिरिक्त ६ मिनेटको समय थपिएको थियो । त्यसपछि पनि नतिजा ननिस्केपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरमा गाईघाट युनाइटेड फुटबल समूहले नेपालटार आदर्श फुटबल समूहलाई ३-१ गोलले हराउँदै फाइनल यात्रा तय गर्यो ।
खेलको ‘म्यान अफ द म्याच’ गाईघाट युनाइटेडका अनिल मगर घोषित भए ।
आगामी शनिबार हुने फाइनल खेल गाईघाट युनाइटेड फुटबल समूह र इलाभेन स्टार फुटबल समूह बोक्सेबीच हुनेछ ।