२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

दमौटीविरुद्ध नेपालटार विजयी

shivam cement
बिन्द्र राई
२०८२ असोज २६ गते १९:२४
दमौटीविरुद्ध नेपालटार विजयी

उदयपुर : उदयपुरको बगाहामा जारी स्व. युवराज (कैलाश) राई स्मृति फुटबल प्रतियोगितामा नेपालटार आदर्श फुटबल युवा समूहले दमौटी फुटबल समूहमाथि १–० को रोमाञ्चक जित हासिल गरेको छ ।

जिल्ला फुटबल संघ उदयपुरको समन्वय र बगाहा युवा समूहको आयोजनामा सञ्चालित प्रतियोगिताको आइतबारको खेलमा नेपालटार आदर्श फुटबल समूहका आशिष राईले पहिलो हाफको २८औं मिनेटमा निर्णायक गोल गर्दै टिमलाई अग्रता दिलाए । थपिएको ४ मिनेटको समयमा पनि दमौटीले गोल फर्काउन नसक्दा गत वर्षको विजेता दमौटीले हार व्यहोर्नुपर्‍यो ।

खेलको ‘म्यान अफ द म्याच’ नेपालटार आदर्श फुटबल समूहका आशिष राई घोषित भए । प्रतियोगिताअन्तर्गत सोमबार बगाहा युवा समूह र स्टार फुटबल समूह जोगिदहबीच प्रतिस्पर्धा हुनेछ ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise