२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

युएईविरुद्ध नेपालको १ रनको रोमाञ्चक जित

shivam cement
मध्यान्ह
२०८२ असोज २६ गते १९:५१
युएईविरुद्ध नेपालको १ रनको रोमाञ्चक जित

काठमाडौं : आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले युएईविरुद्ध १ रनको रोमाञ्चक जित निकाल्दै आफ्नो विश्वकप यात्रा थप बलियो बनाएको छ ।

शनिबार भएको खेलमा नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको युएई २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनमै रोकियो । अन्तिम बलमा तीन रन आवश्यक परेका बेला युएईले एक रन मात्रै जोड्न सकेपछि नेपाल विजयी भयो ।

युएईका अलिशान सर्राफुले ५८ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ४९ बलमा ५ चौका र २ छक्कासहित ५८ रन बनाए। ध्रुव पराशरले ३२ रनको योगदान दिए भने ओपनर जोनाथन फिगीले १९ रन बनाए ।

नेपालका बलरहरूमध्ये दिपेन्द्रसिंह ऐरी सर्वाधिक प्रभावशाली बने । उनले ४ ओभरमा ३ विकेट लिए। सोमपाल कामी, गुल्शन झा र सन्दीप लामिछानेले समान १–१ विकेट हात पारे ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४० रन जोडेको थियो। ओपनर आसिफ शेखले उत्कृष्ट अर्धशतक प्रहार गर्दै टोलीलाई सशक्त सुरुवात दिलाए । उनले ४७ बलमा ५ चौका र १ छक्कासहित ५१ रन बनाए ।

आसिफसँगै कुशल भुर्तेलले २६ बलमा २८ रन जोडे भने कप्तान रोहित पौडेलले २० रन बनाए । मध्यक्रममा गुल्शन झाले ५ बलमा १४ रनको छोटो तर उपयोगी पारी खेले ।

सुरुवाती १० ओभरमा एक विकेटमा ७३ रन बनाएको नेपालले त्यसपछि रनगति कायम राख्न सकेन । लगातार विकेट गुमाएपछि निर्धारित समयमै स्कोर १४० रनमै सीमित रह्यो ।

युएईका बलरहरू जुनेद सिद्दीकी, मुहम्मद रोहिद, जाहिद अली, हर्षित कौशिक, ध्रुव पराशर र हेदर अलीले समान १–१ विकेट लिएका थिए ।

यो जितसँगै नेपाल सुपर सिक्समा मजबुत स्थितिमा उभिएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise