उदयपुर : उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका-७, अधेरीमा सोमबार गुडिरहेको कारमा अचानक आगलागी हुँदा कार पूर्ण रूपमा जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार इलामबाट काठमाडौंतर्फ जाँदै गरेको बा ९ च ८६६८ नम्बरको कारमा आगो लागेको हो ।
कारमा सवार चालक, इलामको चुलाचुली गाउँपालिका-५ निवासी ४२ वर्षीय प्रेमकुमार सेन्चुरी, उनकी २७ वर्षीया श्रीमती अनिता सेन्चुरी र १४ वर्षीय छोरा आयुष सेन्चुरी सकुशल छन् । ७ वर्षीय छोरा आरोन सेन्चुरी सामान्य घाइते भएका छन् । उनलाई उपचारका लागि उदयपुर जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा संगमचोकको अस्थायी प्रहरी पोष्टबाट प्रहरी टोली खटिएर थप अनुसन्धान गरिरहेको छ । आगलागीको कारणबारे हालसम्म कुनै जानकारी खुल्न सकेको छैन ।