२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

नेपाल कबड्डी लिगको दोस्रो संस्करणका लागि पाँच सय १२ खेलाडीको नाम दर्ता

shivam cement
मध्यान्ह
२०८२ असोज २७ गते १७:२९
नेपाल कबड्डी लिगको दोस्रो संस्करणका लागि पाँच सय १२ खेलाडीको नाम दर्ता

काठमाडौं : नेपाल कबड्डी लिग (एनकेएल)को दोस्रो संस्करणका लागि ५१२ स्वदेशी खेलाडीको नाम दर्ता भएको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले जानकारी दिएका छन् ।

प्रतियोगिताको पहिलो संस्करणमा २७८ नेपाली खेलाडी एनकेएलमा दर्ता भएका थिए । दोस्रो संस्करणमा बाग्मती प्रदेशबाट सबैभन्दा बढी १५५ खेलाडीको नाम दर्ता गरिएको छ । त्यस्तै, सुदूरपश्चिमका १०३, लुम्बिनीबाट ९८, मधेसबाट ७०, कोशीबाट ३५, कर्णालीबाट २७ र गण्डकी प्रदेशबाट २४ जना खेलाडी छन् । 

पहिलो संस्करणमा छ सहरका छ टोलीले एनकेएलमा प्रतिस्पर्धा गर्न ड्राफ्टमार्फत ८४ खेलाडी लिएका थिए । जसमा ६६ जना नेपाली खेलाडी थिए । “प्रतियोगितामा विदेशी खेलाडी पनि आकर्षण छ, दोस्रो संस्करणको ‘ड्राफ्ट’मा ४० देखि ५० जना विदेशी खेलाडी लिनेछौं”, प्रमुख बेगानीले भने । पहिलो संस्करणमा थाइल्यान्ड, बंगलादेश, श्रीलंका र केन्याका १८ खेलाडीले एनकेएलमा सहभागिता जनाएका थिए । 

प्रतियोगितामा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, बुटवलको हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले सहभागी जनाएका थिए । 

राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित पहिलो संस्करणको फाइनलमा जनकपुरले काठमाडौंलाई ४३–४१ ले पराजित गर्दै उपाधि जितेको थियो । दोस्रो संस्करणको मिति चाँडै सार्वजनिक हुने आयोजकले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise