२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता

shivam cement
मध्यान्ह
२०८२ असोज २७ गते १६:३५
पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता

काठमाडौं : विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि काफ्लेले महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको पुष्टि गरेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महरालाई आइतबार पक्राउ गरेको थियो । अनुसन्धानका लागि म्याद थप नगरी सोमबार नै सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको हो । महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र तीन वर्षभन्दा बढी कैद सजायको माग दाबी गरिएको छ ।

यो प्रकरण २०७९ पुस १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको उडानमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले दुई सुटकेसमा लुकाएर ल्याएको ७३० वटा विद्युतीय चुरोट (भेप) भित्र ९ किलो सुन तस्करी गरेको घटनासँग जोडिएको छ । अनुसन्धानमा महराका छोरा राहुल महरा पनि यसअघि सोही मुद्दामा पक्राउ परिसकेका छन् ।

प्रहरी अनुसन्धानले महरा र उनका छोराले चिनियाँ तस्करसँग सम्पर्कमा रहेको र विमानस्थल भन्सार कार्यालयका कर्मचारीलाई सुन छुटाउन टेलिफोन सम्पर्क गरेको खुलासा गरेको छ । यद्यपि, पहिलो चरणमा महरा र उनका छोरालाई प्रतिवादी बनाइएको थिएन ।

यसअघि २०८० चैत ५ गते पनि महरा सोही सुन तस्करी प्रकरणमा पक्राउ परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यस विषयमा अनुसन्धान गरिरहेको छ र केही दिनअघि महराको बयान लिएको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise