२०८२ असोज २८ गते मङ्गलवार / Oct 14 , 2025 , Tuesday
२०८२ असोज २८ गते मङ्गलवार
Ads

दुवै मिर्गौला फेल भएकी गीतुको उपचारमा मोना कतार र अक्षयकोषको साथ

shivam cement
तिलु शर्मा पौडेल
२०८२ असोज २७ गते २१:४६
दुवै मिर्गौला फेल भएकी गीतुको उपचारमा मोना कतार र अक्षयकोषको साथ

म्याग्दी : मोना कतारले दुवै मिर्गौला फेल भएर उपचार गराइरहेका म्याग्दी जिल्लाका एक बिरामीलाई आर्थिक सहयोग गरेको छ ।

पोखरामा अवस्थित आस्था किड्नी एन्ड स्पेशलाइज्ड हस्पिटल प्रा.लिमा डायलिसिस गराई रहेकी मगंला गाउँपालिका वडा न ५ छिस्वाङ दिहिकी गीतु क्षत्रीको उपचारका लागी ८४ हजार ५ सय रुपैयाँ नगद सहयोग गरेको हो ।

मोना कतारको वर्तमान कार्यसमिति सहित विभिन्न व्यक्तिहरूबाट सङ्कलन गरेको ६९ हजार ५ सय र मोना कतार बहुउद्देश्यीय अक्षयकोषबाट १५ हजार रुपैयाँ गरी उक्त रकम सहयोग गरिएको हो ।

बिरामीलाई भेट्न र सहयोग हस्तान्तरण गर्न अस्पतालको डायलासिस कक्षमै मोना कतारका महासचिव शिव खड्का, प्रमुख सल्लाहकार राजु पौडेल र अक्षयकोषका कोषाध्यक्ष रमेश पौडेल पुगेका थिए ।

क्षेत्रीले मोना प्रति आभार व्यक्त गरिन भने सहयोगीका तर्फबाट खड्काले शिध्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

गीतुका श्रीमान तारा क्षेत्री वैदेशिक रोजगारीका लागी कतारमा रहदॉ मोना कतारको सचिव पदमा रहेर सामाजिक कार्यमा अग्रसर रहेका थिए ।

आफूले कमाएको र बचत गरेको सबै रकम उपचारमा खर्चिसके पछि मात्र सहयोगको याचना गरेको बताउँदै थप सहयोगको अपेक्षा गरेको बताए ।

कतारमा तथा जिल्लामा अग्रणी सहयोगी सामाजिक संस्थाको रूपमा परिचित मोनाले म्याग्दीमा बर्सेनि विभिन्न कार्यक्रम मार्फत आवश्यक सहयोग गर्ने गरेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise