काठमाडौं : नेपाल संवत् ११४६ को अवसरमा राष्ट्रिय समारोह समितिले आयोजना गरेको भिन्तुना कार्यक्रम र र्याली भव्य रूपमा सम्पन्न भएको छ ।
उक्त र्यालीमा वैदेशिक रोजगार व्यवसायी नेवा: समाजको पनि सक्रिय सहभागिता रहेको समाजका महासचिव देवेन्द्र श्रेष्ठले जानकारी दिए ।
समाजका कार्यवाहक अध्यक्ष तथा द्वितीय उपाध्यक्ष दिनेश श्रेष्ठको नेतृत्वमा सदस्यहरू विद्या बज्राचार्य, मोतीलक्ष्मी श्रेष्ठ, अमित श्रेष्ठ, चन्द्र कमल श्रेष्ठलगायत अन्य नेवा: व्यवसायी र उनीहरुका परिवारजनले बसन्तपुरमा आयोजित कार्यक्रममा सहभागिता जनाएका थिए ।
भिन्तुना कार्यक्रम नेपाल संवत्को नयाँ वर्षको अवसरमा हरेक वर्ष आयोजना हुने सांस्कृतिक तथा ऐतिहासिक महत्वको पर्व हो । यस अवसरमा नेवा: समुदायले परम्परागत भेषभूषा, बाजागाजा र सांस्कृतिक झाँकीसहित र्याली प्रदर्शन गर्ने परम्परा रहेको छ ।
यस वर्षको कार्यक्रममा समेत सहभागीहरूले सांस्कृतिक विविधता र नेवा: सभ्यताको पहिचान झल्काउने झाँकी प्रस्तुत गरेका थिए ।