२०८३ कार्तिक ३ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक ३ गते सोमवार

मलेसियामा उपचारका क्रममा सरस थामीको निधन, शव व्यवस्थापन प्रक्रिया खुल्न बाँकी

Nada
तिलोचन गौतम
२०८३ कार्तिक ३ गते ०८:५९
Shares
मलेसियामा उपचारका क्रममा सरस थामीको निधन, शव व्यवस्थापन प्रक्रिया खुल्न बाँकी

क्वालालम्पुर : वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका दोलखाको बिगु गाउँपालिका–६, आलम्पु निवासी सरस थामीको उपचारका क्रममा निधन भएको छ। प्रारम्भिक जानकारीअनुसार, उहाँको क्वालालम्पुरस्थित सरकारी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

ncell

प्राप्त जानकारीअनुसार, सरस थामीलाई सोमबार बिहान करिब १०ः३० बजे अस्पताल भर्ना गरिएको थियो। अस्पताल पुर्‍याउँदा उहाँको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको बताइएको छ।

सरस थामीलाई अस्पतालसम्म पुर्‍याउन नेपाल थामी समाज मलेसियाले पहल गरेको थियो। अस्पताल भर्नाका क्रममा उहाँका काका रत्न थामी पनि सँगै रहनुभएको जानकारी प्राप्त भएको छ।

उक्त पहलका क्रममा नेपाल थामी समाज मलेसियाका उपाध्यक्ष सुजन थाङ्मी, पीएनसीसीका अध्यक्ष पुर्ण सुब्बा लिम्बू तथा नेपाल आदिवासी जनजाति महासङ्घ मलेसियाका अध्यक्ष पदमको समेत उपस्थिति रहेको प्रारम्भिक जानकारी छ।

काम गर्ने स्थानबाट अस्वस्थ अवस्थामा बाहिरिएको बताइयो

प्रारम्भिक विवरणअनुसार, बिरामी भएपछि सरस थामी आफूले काम गर्ने स्थानबाट बाहिरिनुभएको र सडकमा असहाय अवस्थामा भेटिनुभएको बताइएको छ। उहाँ विगत एक वर्षदेखि मलेसियामा वैधानिक श्रम प्रक्रियाबाहिर रहेर काम गर्दै आउनुभएको दाबीसमेत गरिएको छ। यद्यपि, यी विवरणको स्वतन्त्र पुष्टि हुन बाँकी छ।

सरस थामीको निधनको यकिन कारण, अस्पतालको आधिकारिक विवरण तथा शव व्यवस्थापनसम्बन्धी प्रक्रिया सार्वजनिक हुन बाँकी छ। मलेसियामा उहाँका नजिकका आफन्त सीमित रहेको र काका रत्न थामी सम्पर्कमा रहनुभएको जानकारी प्राप्त भएको छ।

घटनाबारे सम्बन्धित निकायबाट थप आधिकारिक जानकारी प्राप्त भएपछि निधनको कारण तथा शव नेपाल पठाउने प्रक्रियाबारे थप विवरण स्पष्ट हुने अपेक्षा गरिएको छ।

uae

सम्बन्धित खबर