२०८३ मंसिर ९ गते बुधवार / Nov 25 , 2026 , Wednesday
२०८३ मंसिर ९ गते बुधवार

दशौं राष्ट्रिय खेलकुदमा ब्याडमिन्टन खेल्न धामी नेपाल जाँदै, एनआरएनएद्वारा हवाई टिकट सहयोग

Nada
तिलोचन गौतम
२०८३ मंसिर ९ गते १६:०६
Shares
दशौं राष्ट्रिय खेलकुदमा ब्याडमिन्टन खेल्न धामी नेपाल जाँदै, एनआरएनएद्वारा हवाई टिकट सहयोग

मलेसिया : मलेसियामा नेपाली समुदायको सामाजिक गतिविधिमा सक्रिय रहँदै आउनुभएका सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार तुलाराम धामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ मा ब्याडमिन्टन विधातर्फ सहभागी हुन आज मलेसियाबाट नेपाल प्रस्थान गर्दै छन् ।

कर्णाली प्रदेशमा आगामी मंसिर १६ देखि २७ गतेसम्म आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा धामीले ब्याडमिन्टन विधातर्फ मलेसियाबाट प्रतिनिधित्व गर्दै सहभागिता जनाउन लागेका हुन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहने जनाइएको छ । प्रतियोगितामा विभिन्न ३२ खेल समावेश गरिएका छन् ।

राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन मङ्सिर १६ गते सुर्खेतमा हुने कार्यक्रम रहेको छ । प्रतियोगिताका खेलहरू कर्णाली प्रदेशका विभिन्न खेलस्थल तथा निर्धारित अन्य स्थानमा सञ्चालन हुनेछन्। ब्याडमिन्टन प्रतियोगिता पनि निर्धारित खेलस्थलमा आयोजना हुनेछ ।

विदेशमा रहेर नेपाली खेलकुदमा सहभागिता जनाउन नेपाल प्रस्थान गर्न लागेका धामीको यात्रालाई सहज बनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले हवाई टिकट उपलब्ध गराएर सहयोग गरेको छ । खेलकुदमा नेपाली प्रतिभालाई प्रोत्साहन गर्ने तथा राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले गरिएको यस सहयोगलाई सकारात्मक पहलका रूपमा लिइएको छ ।

धामीले आफ्नो नेपाल यात्रा तथा प्रतियोगितामा सहभागिताका लागि महत्वपूर्ण साथ, सहयोग, हौसला र विश्वास प्रदान गर्ने एनआरएनए मलेसियाका अध्यक्ष इन्द्रबहादुर लिम्बू, उपाध्यक्ष बाल्धोज लिम्बु उपाध्यक्ष तथा युवा व्यवसायी आरटिएफसी फुटबल क्ल्बका अध्यक्ष राजु तमाङलगायत सम्पूर्ण एनआरएनए परिवार तथा सहयोगीहरूप्रति आभार व्यक्त गरेका छन् । 

सामाजिक कार्य तथा नेपाली समुदायमा धामी खेलप्रेमी र मिलनसार व्यक्तित्वका रूपमा समेत परिचित छन् । उनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने र  मलेसियामा रहेका नेपाली समुदायसँगै समग्र नेपालीको नाम राख्ने अपेक्षा मलेसियामा रहेका नेपालीहरुले गरेका छन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर